पोखरा महानगरमै पहिलोपटक स्थानीय महोत्सव गर्दै वडा १४
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकताः वडाध्यक्ष कार्की
पाेखरा | माघ २४, २०८०
पोखरा: पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ ।
आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिए ।
उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पोखरा–१४ ले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको कार्कीले बताए ।
‘महोत्सवको मुख्य उद्धेश्य भनेको स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्ने हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, वडाध्यक्ष कार्कीले भने, ‘पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’
वडाध्यक्ष कार्कीले गत आर्थिक वर्षमा स्थानीयहरुलाई विभिन्न व्यवसायीक तालिमहरु प्रदान गरेकाले तालिममा सिकेको विषयहरुसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे ।
उनका अनुसार सो महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछन् भने सबै स्टलहरु निशुल्क रहनेछन् ।
‘महोत्सवमा करिव १ सय ५० वटा स्टल निर्माण गर्दै छौं, निशुल्क रुपमा स्टलमा स्थानीयहरुले उत्पादन गरेका कृषि उपजसँगै अन्य व्यापार व्यवसायको प्रवद्र्धन गर्नुहुन्छ’, उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य हो ।’
पोखरा महानगरपालिका–१४ ले पहिलो पटक आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ ।
दुइदिनसम्म सञ्चालन हुने महोत्सवमा करिव २५ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति गठन गरेको छ ।
महोत्सवमा विभिनन सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ । यस्तै महोत्सवमा पोखरा महानगरपालिका–१४ भित्र रहेका सामुदायीक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यवसायीक फर्महरुको व्यवसायीक प्रवद्र्धन हुने वडा कार्यालयले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

